Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`वडा नम्बर ६`को गीत र फस्टलुक सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2015/08/07
फिल्म ‘वडा नं ६’ मा समावेश नयाँ गीत रिलिज भएको छ । ‘वाहियात छ तिम्रो लभ स्टोरी’ पछि ‘सुर्के थैली खै’ बोलको गीत सार्वजनिक गरिएको हो । गीत सँगै फिल्मको पोस्टर पनि सार्वजनिक गरिएको छ । फिल्मलाई दीपकराज गिरीले अगाडी बढाउने संकेत पोस्टरले देखाएको छ । 
 
सार्वजनिक गीतमा स्वर, शब्द र सङ्गीत राजनराज शिवाकोटीको छ । अन्जु पन्त र राजु विश्वकर्माले पनि गीतमा स्वर दिएका छन् । गीतमा दिपकराज गिरी, प्रियंका कार्की, दयाहाङ राई, केदार घिमिरे, सिताराम कट्टेल, जीतु नेपालको साथमा निर्मात्री दीपाश्री निरौला देखिएका छन् ।
 
असोज १ गते रिलिज हुन लागेको सोसल कमेडी फिल्म 'वडा नम्बर ६'मा दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, जितु नेपाल, केदार घिमिरे र सिताराम कट्टेलको लगानी रहेको छ भने यो फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।  
 
 
आमा सरस्वती मुभिजको ब्यानरमा बनेको फिल्ममा दयाहाङ, प्रियंका, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, विल्सनविक्रम राई, राजाराम पौडेल आदिको अभिनय रहेको छ । फिल्ममा राजनराज सिवाकोटी र सुगम पोखरेलको संगीत रहेको छ । फिल्मलाई दीपक बज्राचार्य र मनकृष्ण श्रेष्ठले खिचेका हुन् । 
 
यहि टिमले यसअघि 'छ एकान छ' निर्माण गरेको थियो जुन अत्याधिक सफल भएको थियो । यस पटक पनि यो फिल्म सफल हुने आश गरिएको छ । अभिमन्यु निरवीले लेखेको फिल्ममा गाउँले परिवेशलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । 

 
Most Visited News (monthly)