बलिउडमा अब कलाकारले नै फिल्मको गीतमा आवाज भर्नु नौलो कुरा रहेन । अमिताभ बच्चन, अक्षय कुमारदेखि प्रियंका चोपडा, श्रद्धा कपुर, आलिया भट्ट लगायतका कलाकारले फिल्मको गीतमा आवाज भरिसकेका छन् ।
अभिनेता सलमान खानलाई पनि गीत गाउने ह्याङ ओभरले छाडेको छैन । उनले फिल्म 'किक'को ह्याङ ओभर बोलको गीत गाएका थिए । यो गीत चर्चामा रहेपछि सलमानले आफ्नो स्वरलाई अझै निखार्न खोजेका छन् । उनले आफ्नै निर्माणमा बनेको फिल्म 'हिरो'को शिर्ष गीत गाएका छन् । 'मे तेरा हिरो' बोलको गीतमा सलमानले आफै आवाज दिएका हुन् ।
गीत राम्रो भएकाले गाएको सलमानको भनाई छ । सलमानले आफै निर्माण गरेको यो फिल्ममा सुनिल सेट्टी र आदित्य प्रचोलीका छोरी र छोराले बलिउडमा डेब्यू गर्दैछन् । सलमान अहिले यो फिल्मको प्रचारमा जुटेर लागेका छन् । उनले आफ्नै स्वर दिएपछि फिल्मको चर्चा झनै बढेको छ ।

