
निर्माता तथा निर्देशक आकाश अधिकारीले ६४ लाख बराबरको राहत बाँडेको बाँड्ने भएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले सो रकम बराबरको राहत सामाग्री भूकम्प प्रभावित विभिन्न ठाउँमा बाँड्ने जानकारी गराएका हुन् । सो मध्ये २४ लाख बराबरको राहत उनले बाँडिसकेका छन् भने बाँकी ४० लाख बराबरको सामान बाँड्ने क्रममा रहेका छन् । उनले ‘आशाको ज्योति नेपाल’ नामको गैरसरकारी संस्था मार्फत राहत वितरण गरिरहेका हुन् ।

देशका विभिन्न ६ स्थानमा फिल्म अधकट्टीको च्यारेटी गरिने भएको छ । भुकम्पबाट पीडित बनेका चलचित्र प्राविधिकहरुको सहयोगका लागि फिल्मको च्यारेटी गर्न लागिएको हो । निर्माता प्रदिप कुमार उदयका अनुसार काठमाण्डौको कुमारी हलमा असार १ गते च्यारेटी शो हुनेछ ।

बलिउडका चलकेटी अभिनेता साहिद कपुर दिल्लीकी मिरा राजपुतसँग बिहे बन्धनमा बाँधिदैछन् । साहिदले बलिउड भन्दा बाहिरकी यूवती रोजेपछि अहिले विभिन्न खालका अड्कल पनि काटिएको छ ।

काठमाण्डौको नुतन स्टूडियोको २ वटा फ्ल्याट भाडामा दिइएको छ । जोरपाटीको चापागाँइ स्टूडियो पूर्ण रुपमा काम गर्न नसक्ने गरि भत्किएको छ । बोगटी स्टूडियोमा चर्किएको स्थानमा बनाउने काम भैरहेको छ ।

प्रोजेक्ट रुफ अन्तर्गत फिल्मकर्मीले सुरु गरेको घर बनाउने दोस्रो शृंखला अन्तर्गत नुवाकोटको थासिङमा १५ घर बनेका छन् । अभियान संयोजक सुरेश दर्पण पोखरेलले बुधबार शनिबार सम्ममा ७० वटा अस्थायी घर निर्माण सम्पन्न गर्ने योजना रहेको बताएका छन् । बिहीबार टोलीले काठमाडौं कै झोरमा घर निर्माणको काम थाल्नेछन् ।

भारतको मथुरामा बस्दै आएकी अभिनेत्री विपना थापा भूकम्प पीडितलाई राहत लिएर काठमाडौं आएकी छिन् । मंगलबार राहत सामाग्रीका साथ नेपाल आएकी विपनाले आफूसँगै २ सय लिटर तेल, पाँच क्विन्टल चामल, पाँच सय किलो दाल र चिनी, नून दुई क्विन्टल, साबुन चार पाँच कार्टुन र बालबालिकाहरुका लागि आवश्यक खाजाका रुपमा बिस्कुटहरु ल्याएकोे जानकारी दिइन् ।

