मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

फिल्मकर्मी जसलाई अमेरिकन एम्बेसीले पत्याएन

फिल्मीखबर, काठमाडौं, 2015/08/09

यो बर्ष सपनाको मुलुक भनिने अमेरिकामा धेरै कलाकार पुगे । ग्लोब फिल्म फेस्टिबलमा सहभागी हुन धेरै कलाकार अमेरिका पुगेका छन् । तर, यही फेस्टिबलका लागि अमेरिकाले केही कलाकारलाई भने सही ठानेन ।


केकी अधिकारी, सुनिल थापा, नन्दिता केसी, सुरेश दर्पण पोख्रेल, सुशान्त मैनाली लगायतका फिल्मीकर्मी अमेरिकामा छन् । तर, अमेरिकाले अभिनेत्री पूजना प्रधानलाई भिसा दिएन । पूजनाको नाम कार्यक्रममा सहभागी हुने भनेर लामो समयदेखि चर्चामा रहेपनि उनले भिसा पाइनन् ।

 

चर्चित हाँस्य कलाकार विल्सन विक्रम राइलाई पनि अमेरिका भिसा दिएन । विल्सन विश्वका थुप्रै देश पुगिसकेका छन् । तर, अमेरिकामा उनको माग भएपनि उनले भिसा पाएनन् ।यस्तै, म्यूजिक भिडियो निर्देशक तथा संचारकर्मी भुषण दाहाल र छायांकार विदुर पाण्डेलाई पनि अमेरिकाले भिसा नदिएको खबर आएको छ । उनीहरू कुन कार्यक्रमको लागि भिसा थाप्न गएका थिए भन्ने बारे खुलेको भने छैन ।

 

गायिका कोमल वलीले अमेरिकामा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अमेरिका जाने तयारी गरेपनि उनले नपाएको चर्चा छ । कोमललाई अमेरिकाले धेरै पटक भिसा दिएको छैन । अमेरिकाले भिसा नदिएपछि अहिले यी कलाकार चुपचाप छन् । गीतकार तथा निर्माता नरेश देव पन्तलाई पनि अमेरिकाले भिसा दिएको छैन । यि बाहेक पनि थुप्रै फिल्मकर्मी र सञ्चारकर्मीलाई अमेरिकी राजदूतावासले भिसा दिन आवश्यक ठानेन ।