Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

छुट्टिदा रोए दीपिका र रणवीर

फिल्मीखबर, काठमाडौं, 2015/08/09

बलिउड अभिनेता रणवीर कपुर निरन्तर असफल फिल्मले तनावमा छन् । अब, उनलाई निर्देशक इम्तियाज अलीको फिल्म ‘तमाशा’बाट मा आश छ । यसैले पनि यो फिल्मलाई स्तरिय बनाउन एक बर्ष लगाएर छायांकन गरिएको छ ।


फिल्मको छायांकन वुधबारदेखि सकियो । शनिबार फिल्मको छायांकन सकिएको उपलक्ष्यमा पार्टीको आयोजना गरियो । पार्टीमा दीपिका, रणवीरको साथमा निर्देशक इम्तियाज अली, निर्माता साजिद नाडियडवाला, वितरक सिद्धार्थ रोय कपुर उपस्थित थिए ।


वुधबार छायांकन सकिएपछि छायांकन स्थलमै दीपिका र रणवीर रोएका थिए । एक बर्षसम्म एकसाथ काम गरेको यो पूर्व प्रेम जोडी अलग हुनु पर्दा पीडा खप्न सकिरहेका थिएनन् । जसका कारण रणवीर र दीपिका मेहबुब स्टूडियोमा रोएका थिए ।फिल्म ‘ए दिवानी हे जवानी’ सुपरहिट भएपछि दीपिका र रणवीरको जोडी चर्चामा थियो । अब, ‘तमाशा’ले फेरि यी दुईलाई चर्चामा ल्याउने आशा गरिएको छ ।
 

Most Visited News (monthly)