Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बागबानसँग मिल्छ त सुब्बा साबको कथा ?

फिल्मीखबर, काठमाडौं, 2015/08/09

फिल्म सुब्बा साबको शुभसाइत गरिएको छ । राजु अधिकारीको निर्देशनमा बन्न लागेको यो फिल्ममा अभिनेता सरोज खनाल शिर्ष भूमिकामा देखिन लागेका छन् । अभिनेता खनालले आफूलाई विश्वास गरेकोमा फिल्मका निर्माता, निर्देशक र कलाकारलाई धन्यवाद दिए । उनले आफू अमेरिका पुगेपछि हलमा जान छाडेका दर्शकलाई हलसम्म तान्न यो फिल्मले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।

 

शुभ सक्षम म्यूजिक प्राली र आशुतोष फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्ममा जीवन अर्याल, कुलचन्द्र पाण्डे, रामबहादुर कोइलीको लगानी रहनेछ । फिल्ममा गौरी मल्ल, जीवन लुइटेल, गणेश उप्रेती, बर्षा सिवाकोटीले सरोजलाई साथ दिनेछन् । गाउँमा बसेर सुब्बाको जागिर खाने पात्रको भूमिकामा सरोज देखिन लागेका हुन् । शहरमा बस्ने आफ्ना सन्तानले सुब्बा बाबुलाई गर्ने व्यवहारमा कथा बुनिएको छ । यो कथा केही बर्ष अगाडि प्रदर्शनमा आएको हिन्दी फिल्म बागबानको कथासँग केही मिल्ने चर्चा शुभसाइत समारोहमा गरिएको थियो ।

Most Visited News (monthly)