Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

निखिल आक्रामक हुँदा चुपचाप ‘रेशम फिलिली’

फिल्मीखबर, काठमाडौं, 2015/08/12

वैशाख ११ अगाडि नेपाली फिल्म बजारमा फिल्म ‘रेशम फिलिली’को पिरतीको छाता ओडाउला बोलको गीत चर्चित थियो । तर, वैशाख १२ गते आएको भूकम्पपछि फिल्म क्षेत्र नै अस्तव्यस्त भयो ।‘रेशम फिलिली’ एक दिन हलमा चल्यो, यसपछि शो भदौ ११ सम्मलाई स्थगित गर्नुप¥यो । अब भदौ ११ मा यो फिल्म एकल प्रदर्शनमा आउनेछैन । यो दिन अभिनेता निखिल उप्रेती ५ बर्षपछि द्धन्द्धात्मक शैलीमा कमब्याक हुँदैछन्, फिल्म क्षेत्रमा ।


अभिनेता निखिलको यो फिल्मको प्रचार अहिले जोडतोडका साथ भैरहेको छ । निखिल पनि आफ्नो कमब्याक सार्थक बनाउन लागिपरेका छन् । फिल्मका गीत, ट्रेलर दर्शकले खुबै मन पराएका छन् । काठमाण्डौका सिंगल थिएटरका संचालकहरुले त ‘भैरव’ मात्र लगाउने निधो गरिसकेका छन् । यस्तो अवस्थामा ‘रेशम फिलिली’ को प्रचार भने शुन्य जस्तै छ ।
यो फिल्मको निर्माण कम्पनीलाई लागेको छ, अब फिल्मको प्रचार नगरेपनि चल्छ ।

 

तर, निखिलको ‘भैरव’ले भदौ ११ लाई एकलौटी रुपमा चर्चामा लागिरहेको छ । जसले  गर्दा पनि ‘रेशम फिलिली’ अहिले ओझेलमा देखिन्छ । फेरि गीतको चर्चा पनि पहिलेको जस्तो छैन ।यस्तो अवस्थामा फिल्म चलिहाल्छ भनेर यसका निर्माता बसेपनि फिलिलीमाथि भैरव भारी पर्ने देखिएको छ ।

Most Visited News (monthly)