आसन्न कलाकारसंघको चुनावलाई लिएर प्रत्यासीहरुको दौड सुरु भएको छ । अक्ष्यक्ष पदका लागि अर्का कलाकारले आफ्नो नाम घोषणा गरेका छन् । कलाकार तथा निर्देशक लय संग्रौलाले मंगलबार पत्रकार सम्मेलन मार्फत आफ्नो उमेदवारी घोषणा गरे । यसअघि कलाकार तथा निर्माता रामकेशर बोगटीले पनि अध्यक्षका लागि आफूलाई उभ्याईसकेका छन् ।
यो पटकको भिडन्त कांग्रेस भर्सेज एमाले हुने देखिएको छ । उमेदवारले पार्टीको फेर समातेपछि कलाकार संघमा कलाकारको भन्दा पनि पार्टीबीच चुनाव हुने भएको छ । रामकेशर बोगटीलाई कांग्रेसको समर्थन रहेको छ भने लय संगा्रैला एमालेको सहयोगमा मैदानमा आएका छन् । कलाकार संघको चुनावी साधारण सभा भदौ २३मा हुँदैछ ।
यसअघि कलाकार संघको चुनावमा नाम सुनिएको र चिनिएको कलाकार आउनुपर्छ भन्ने आवाज आएपछि वर्तमान अध्यक्ष नवल खड्काले करिष्मा मानन्धरलाई अध्यक्षको दाबेदारको रुपमा अगाडि आउन आग्रह गरेका थिए तर करिष्माले सर्वसम्मत हुने अवस्थामा मात्र आफू अगाडि आउने प्रस्ताव राखेपछि सम्भवतः अक्ष्यक्षमा करिष्माको सम्भावना सकिएको छ ।
घोषणा सभामा प्रत्यासी संग्रौलाले कलाकार संघले मजबुत संगठनको रुपमा अगाडि बढाउने घोषणा गरे ।

