Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वेताको कदमले दिएको एउटा सन्देश

फिल्मीखबर, काठमाडौं, 2015/08/12

अभिनेत्री स्वेता खड्का पती तथा अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि विक्षिप्त छिन् । स्वेतालाई सार्वजनिक कार्यक्रममा देख्ने जो कोहीका पनि आँखा रसाउँछन् । स्वेताका पनि जुनसुकै कार्यक्रममा आँखा रसाएका नै भेटिन्छ । ६ महिना बिरामी भएकी स्वेता ३ महिना उपचारमा थिइन् ।

 


धेरैलाई लाग्थ्यो स्वेता अब नेपाली फिल्म नगरीमा आउँछिन् या आउँदिनन् । उनले श्रीकृष्ण श्रेष्ठलाई आफ्नो पूर्ण जीवन बिताएको क्षेत्रलाई निरन्तरता दिने आँट गर्छिन् या गर्दिनन् । यही प्रश्नको विचमा फिल्म क्षेत्र, दर्शक र मिडिया एक बर्ष घुमिरह्यो ।तर, सोमबार आयोजित श्रीकृष्ण श्रेष्ठको बार्षिक पुण्य तिथीमा भने स्वेताले यस्ता सबै  प्रश्नको उत्तर दिइन् । स्वेताले आफू फिल्म नगरीमा फर्कन चाहेको र यसका लागि सबैको हौसला आवश्यक भएको बताइन् ।

 


यो भन्दै गर्दा स्वेताका आँखा रसाएका थिए, मन भक्कानिएको थियो । तर, उनले चालेको यो कदमले धेरैका आँखामा खुशीको आशु झ¥यो । स्वेता भन्दैथिइन्, उहाँले मलाई तिमीले सबै जिम्मेवारी सम्हाल्नुपर्छ भन्नुहुन्थ्यो । सायद, चाडै छाडेर जान रहेछ । हो श्रीकृष्णले नेपाली फिल्म क्षेत्रकै लागि आफ्नो ज्यान समर्पण गरे । श्रीलाई नेपाल सरकारले कलाकारका लागि आजसम्मकै ठूलो सम्मान दियो । श्रीकै कारण दर्शकको नजरमा कलाकारको सम्मान देखियो ।

 


श्रीकै पदचाप पछ्याउँदै स्वेताले फिल्म क्षेत्रमै फर्कन चाहेको र सबैको साथ र हिम्मतको खोजी गरेको बताउँदा धेरैले हौसला पाएका छन् । जीवनमा ठूलो ठक्कर खाएर ढलेकाहरुले फेरि पनि उठ्ने साहस पाएका छन् ।स्वेताको यो कदम उनका लागि मात्र होइन, धेरै एकल महिलाका लागि साहस र ढाडस बनेको छ । साँच्चै, स्वेताले श्रीकृष्णको पदचाप र उनको सपना त पुरा गर्ने छिन् नै, धेरैलाई सकारात्मक सन्देश पनि दिएकी छिन् ।

Most Visited News (monthly)