Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

हमालले देखेनन् अभिनय गर्ने हिरो

फिल्मीखबर, काठमाडौं, 2015/08/12

अभिनेता राजेश हमालले नेपाली फिल्म क्षेत्रमा दमदार अभिनय गर्ने कलाकार नै आफूले नदेखेको बताएका छन् । अभिनेता हमालले अभिनेत्रीमा भने करिश्मा मानन्धर सुन्दर लाग्ने बताए ।नेपाली फिल्म क्षेत्रमा २५ बर्षदेखि सक्रिय हमालले नेपाली अभिनेताहरुमा अभिनय गर्ने क्षमता कमजोर रहेको बताएका हुन् । हुनत, हमालकै अभिनय र नृत्यलाई लिएर पनि विभिन्न खालका टिप्पणी हुने गरेका छन् ।

 

नेपाली फिल्म क्षेत्रमा कलाकारहरुको बग्रेल्ती संख्या प्रवेश गरिरहेको समयमा हमालले अभिनय गर्ने अभिनेता नै नदेख्नु आफैमा अचम्मको कुरा हो ।अभिनेता हमालले अभिनेत्रीमा भने निरुता सिंहको अभिनयको तारिफ गरेका छन् । उनीसँग काम गर्दा आफूलाई रमाइलो लाग्ने हमालको भनाई छ । तर, हमालपछि आएका धेरै कलाकारले अभिनयमा राम्रै तारिफ पाइरहेका छन् ।सौगात, मल्ल, दयाहाङ राई, आर्यन सिग्देल, कर्मा, आदिलाई राम्रै अभिनय गर्ने कलाकारको रुपमा चिनिन्छ तर हमाल भने नेपालमा आजसम्म अभिनय गर्न सक्ने अभिनेता नै नदेखेको कुरा गरिरहेका छन् ।