अन्तर्राष्ट्रिय कलाकार मन्च यूरोपको आयोजना तथा अन्तर्राष्ट्रिय कलाकार मन्च नेपालको सहयोगमा आयोजना हुन लागेको ‘इन्टरनेशनल आर्टिस्ट अवार्ड’को मिति परिवर्तन गरिएको छ । यसअघि सेप्टेम्बर २०मा बेल्जियममा हुन लागेको अवार्ड २० डिसेम्बरका लागि सारिएको हो ।
अन्तर्राष्ट्रिय कलाकार मन्च नेपालका अध्यक्ष प्रदिप उदयले यूरोप एनआरएनको चुनाव र अन्य गतिविधिले त्यहाँ एनआरएन व्यस्त हुने भएपछि थप तयारीकालागि मिति सारिएको जनाएका छन् ।हाल जुरीले फिल्म हेर्ने काम अन्तिम चरणमा रहेको र केही दिनमै उत्कृष्ट ५ को नाम सार्वजनिक गर्ने तयारी भईरहेको उदयले जानकारी गराए ।

