
पोखराको फुलबारी रिसोर्ट अब देखि अनमोल केसीले चलाउनेछन् । आफ्नो जिम्मामा फुलबारी रिसार्टको जिम्मेबारी आएपछि उनी आईतबार फुलबारी रिसोर्टमा पुगेका थिए । फुलबारी रिसोर्टमा अनमोललाई स्वागत गर्नका लागि निकै तामझाम सहित सजाईएको थियो । हातमा बुके लिएर होटलका म्यानेजर र स्टाफहरु लामबद्ध भएर बसेका थिए । र, अनमोललाई स्वागत लिन भ्याईनभ्याई थियो ।

अमेरिकाको सान फ्रान्सिस्कोमा हुन गईरहेको ‘ग्लोबल मुभी फेस्टिभल’मा नेपाली फिल्महरुले पनि सहभागिता जनाउने भएका छन् । फेडरेसन अफ इन्डो अमेरिकन नामक संस्थाले बर्षेनी आयोजना गर्ने उक्त फेस्टिभल यस बर्ष अगामी अगस्ट ७ देखि १६ सम्म हुनेछ । फेस्टिभलमा ३० देशका २५० वटा फिल्महरु प्रदर्शनीको लागि तय गरिएको फेस्टिभलका कन्भेनर तथा अध्यक्ष झाप्रा रोमेसले जानकारी गराए ।

सुरज सुब्बा नाल्बोको निर्देशनमा बनेको फिल्म ‘रातो घर’ ले भुकम्पको कम्पन कम हुँदै गएपछि प्रचारको सुरुवात गरेको छ । फिल्मको मोसन पोष्टर र अडियो गीत बाहिर ल्याइएको छ ।
जुलाई २५ मा बेलायतमा रातो गलैचा प्रिमियर गर्ने भएपछि यसको मेकर हतारिएका हुन् ।

फिल्म ‘छ एकान छ’ फेरि चलाएर भुकम्प पीडितका लागि घर बनाइदिने निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाको योजनामा धक्का लागेको छ । शुक्रबारबाट देशभरका हलमा पुन प्रदर्शनमा ल्याइएको फिल्म ‘छ एकान छ’ को व्यापार कमजोर देखिएको छ ।


नायिका, निर्मात्री एवं निर्देशक रेखा थापाले आफ्नो फाउन्डेशन बाट थप तीन जना भूकम्प प्रभावित सञ्चारकर्मीलाई आर्थिक सहयोग गरेकी छन् । रेखा थापा फाउन्डेशन मार्फत भूकम्प प्रभावित तीन जना सञ्चारकर्मीहरु विजयरत्न तुलाधर, कुँवेर गिरी र शारदा थापालाई ३०, ३० हजार नगद रकम बिहिबार हस्तान्तरण गरियो ।

