Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16177 - 16182 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-06-04, बिहिवार

हल खुलेपनि नयाँ फिल्म नभएपछि नेपाल चलचित्र संघले निर्मातालाई फाइदा हुने गरि नयाँ प्रस्ताव अघि सारेको छ । चलचित्र संघको वैठकले निर्मातलाई देशभरका हलमा असार र साउनमा ६० प्रतिशत शेयर न्यूनतम दिनुपर्ने नयाँ प्रस्ताव अगाडि सारेको हो । यसअघि निर्माताले ५० प्रतिशत शेयर पाउँदै आएका थिए । मल्टिप्लेक्समा त हप्ता अनुसार शेयर रकम घट्दै जान्थ्यो ।

एजेन्सी, मुम्बई, 2015-06-03, बुधवार

जोन अब्राहमले विपाशा बासुलाई दिएको चोटलाई कुनै बेला हरमन बावेजाले अप्ठ्यारोमा साथ दिएर भर्न मद्धत गरेका थिए तर बलिउडमा नुन र गुनको हिसाब विरलै हुन्छ । त्यही भएर होला विपाशाले पनि हरमनले दुःखको बेला दिएको साथलाई बिर्सदँै हरमनलाई इग्नोर गरेकी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2015-06-03, बुधवार

अभिनेता आर्यन सिग्देल बाबु बन्न लागेका छन् । तर आर्यन श्रीमति सपना भण्डारीको सन्तानको बाबु बन्न लागेका भने होइनन् । आर्यन आफ्नो नयाँ फिल्ममा बाबु बन्न लागेका हुन् ।
आर्यन दुबई निवासी एनआरएन रतन थापाको लगानीमा बन्ने फिल्म ‘मरिना’ माबाबुको भूमिकामा देखिन लागेका हुन् । फिल्म भित्र आर्यन पन्ध्र वर्षे छोरीको बाबुको भूमिकामा देखिनेछन् ।

फिल्मीखबर, काठमाडौं, 2015-06-03, बुधवार

 भुकम्पको कम्पन कम हुँदै गएपछि फिल्म क्षेत्र चलमलाउन थालेको छ । छायांकनदेखि प्रोडक्शनका काम भैरहेको छन् । अब, नेपाल चलचित्र प्राविधिक संघले पनि फिल्म क्षेत्रको माहोललाई अझ जुझारु बनाउन फिल्म महोत्सव गर्न लागेको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-06-03, बुधवार

  अभिनेता जीवन लुईंटेल फिल्म क्षेत्र छाडेर करिब तीन महिना अमेरिकामा रहँदा उनी पलायन हुन लागेको अनुमान थालिएको थियो । तर जीवन धेरैको अनुमान विपरित नेपाल फर्किए ।  फर्किए पनि त्यो बेला जब देश भूकम्पले निम्त्याएको ताण्डवसँग जुधिरहेको छ । जीवन पनि नेपाल फर्किए लगत्तै राहत वितरणमा संलग्न भए । 

एजेन्सी, मुम्बई, 2015-06-02, मंगलवार

कंगना रनावतको फिल्म ‘तनु वेड्स मनु रिटन्स’ले घरेलु बजारबाट मात्र सय करोड कमाई गरेको छ । सय करोड क्लबमा सामेल भएसँगै ‘तनु वेड्स मनु रिटन्स’ सन् २०१५ मा सय करोड कमाउने पहिलो बलिउड फिल्म बन्न सफल भएको छ ।

Results : 16177 - 16182 of 24018