सन् १९९० को सुपरहिट फिल्म‘आशिकी’को तेस्रो शृंखला बन्ने भएको छ । निर्माता भूषण कुमारले त्यसको तयारी थालेका छन् । सन् २०१३मा रिलिज भएको सोही फिल्मको सिक्वेल पनि सुपरहिट भएपछि निर्माण कम्पनीले तेस्रो शृंखलाको तयारी थालेको हो ।
स्रोतका अनुसार तेस्रो शृंखलामा ऋतिक रोसनलाई निर्माण कम्पनीले अभिनयका लागि आग्रह गरेका छ । सन् १९९०मा रिलिज भएको आशिकीलाई महेश भट्टले निर्देशन गरेका थिए । भट्ट सो फिल्मका निर्माता पनि हुन् ।भूषण कुमारको निर्माण रहेको ‘धिरे धिरे से’शीर्षकको गीतको सुटिङका क्रममा भूषणले आशिकीको तेस्रो भागको कुरा गर्दा ऋतिकले चाख देखाएपछि कुरा अगाडि बढेको हो । सोही गीतमा सोनम कपुरले ऋतिकलाई साथ दिएकी थिइन् ।
पहिलो भागमा राहुल राय र अनु अग्रवालको मुख्य भूमिका थियो भने दोस्रो भागबाट आदित्य रोय कपुर र श्रद्धा कपुरले रातारात चर्चाको शिखर चढेका थिए । दोस्रो शृंखलालाई मोहित सुरीले निर्देशन गरेपनि तेस्रो शृंखला कसले निर्देशन गर्ने तय भएको छैन ।

