Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`वीर` बन्दै दया

फिल्मीखबर, काठमाडौं, 2015/08/14

अभिनेता दयाहाङ राई फिल्म ‘वीर विक्रम’मा महत्वपूर्ण भूमिकामा देखिने भएका छन् । मिलन चाम्सले निर्देशन गर्न लागेको फिल्ममा आफू महत्वपूर्ण भूमिकामा देखिन लागेको दयाले खुलासा गरेका हुन् । फिल्मको घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा दयाले यो फिल्मको मुख्य भूमिका लागि आफूले धेरै मिहिनेत गर्नुपर्ने भन्दै अन्य कलाकारबाट साथ पाउने आशा व्यक्त गरे ।

फिल्मकी एक मात्र मुख्य महिला पात्र दिया पुनको संघर्षको कथालाई फिल्मले विभिन्न पात्रसँग जोडेर देखाउनेछ । फिल्ममा दयाका अलाव अर्पण थापा, अनुपविक्रम शाही, दिया पुन, विवेक लिम्बु, बसन्त भट्ट, शिशिर राणाको मुख्य भूमिका रहनेछ । फिल्मको छायांकन भदौ ३ गतेबाट सुरु हुनेछ ।

 

चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा यम थापाको पटकथा, रामकुमार केसीको छायांकन, ताराप्रकाश लिम्बुको संगीत, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन, रेनशा राइको नृत्य निर्देशन रहनेछ ।


कार्यक्रममा बोल्दै निर्देशक मिलन चाम्सले फिल्मलाई आफूले फिल्मकै भाषामा बनाउने बताए । फिल्मको यूके प्रिमियरको मिति पनि तय गरिएको छ । अप्रिल ९, २०१६ मा फिल्मको यूके प्रिमियर गर्ने लक्ष्य लिएको छ । थुप्रै म्युजिक भिडियोको निर्देशन पश्चात मिलन चाम्सले गत साल मात्र ‘हँसिया’ निर्देशन गर्दै फिचर फिल्ममा हात हालेका थिए ।  
 

Most Visited News (monthly)