आठ बर्षको उमेरमै फिल्म निर्देशन गरेर गिनिज बुकमा आफ्नो नाम लेखाएका नेपाली बालक सौगात बिष्ट जापान उडेका छन् । आफ्नो फिल्म 'लभ यू बाबा' टोकियोको शिन-अकुबो फिल्म फेस्टिवल २०१५मा छानिए पछि उनी आमा सम्झना पोखरेलका साथमा शुक्रबार साँझ जापान उडेका हुन् ।
'लभ यू बाबा' टोकियोको शिन-अकुबोमा अगस्टको १६ तारिक आइतबार स्थानिय समय अनुसार १३:३० बजे र अगस्टको २० तारिक बिहिबार १७:०० बजे प्रदर्शन गरिने भएको छ । एकसातासम्म चल्ने शिन-अकुबो फिल्म फेस्टिवलमा चाइनिज, कोरियन, जापानीज, थाई, बेल्जियम, नेपाली र सिंगापुरको गरि १७ ओटा फिल्म देखाइदैछ ।
फेस्टिभलका लागि फिल्ममा जापानिज सब-टाइटल राखिएको छ । उक्त फिल्म फेस्टिभलमा नेपालमा राम्रो तारिफ एवम् अवार्ड बटुलेको भोजराज भाट निर्देशित डकुमेन्ट्री फिल्म 'सुनाकली' पनि सहभागी छ । 'सुनाकली'लाई १७ र १८ तारिखमा ४:०० र २:०० बजे देखाइनेछ।

