मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

सुध्रिएकै हो त दिनेश डिसी र दीपक –दीपा सम्बन्ध ?

फिल्मीखबर, काठमाडौं, 2015/08/25

नेपाली फिल्म क्षेत्रमा पनि अचम्म अचम्मका कुरा देख्न पाइन्छ । अहिले फिल्म ‘वडा नम्बर ६’ को प्रचारका लागि यसका मुख्य कलाकार दिपकराज  गिरी र दीपाश्री निरौला मोफसल पुगेर फर्किएका छन् । काठमाण्डौ बाहिर गरिएको प्रचारमा यसका निर्देशक उज्ज्वल घिमिरे र अन्य कलाकार कोही पनि देखिएनन् ।


फिल्म प्रचारका लागि दिपक र दीपा मात्र कुद्दै गर्दा देखिए, निर्देशक दिनेश डीसी । दिनेश डीसी दिपकराज गिरीका गुरु हुन् । तर, रमाइलो कुरा के हो भने , डीसीले दिपक र दीपाले बनाएको फिल्म ‘छ एकान छ’ निर्देशन गरेका थिए ।

यो फिल्मको प्रचारको समयमा दिनेश डीसी देखिएका थिएनन् । दिपक र दीपासँग दिनेशको सम्बन्ध पूर्ण रुपमा बिग्रिएको थियो । आफैले निर्देशन गरेको फिल्मको प्रचारमा नहिडेका दिनेश अहिले पनि तीनै दिपक र दीपालाई साथ दिदै हिडेका छन् । जबकी फिल्मका निर्देशक उज्ज्वल घिमिरे प्रचारबाट गायब छन् ।


फिल्मको फस्ट लुक सार्वजनिक कार्यक्रममा पनि उज्ज्वल नदेखिएपछि दिपकले पोखरा गएकाले उपस्थित हुन नसकेको बताएका थिए । तर, उज्ज्वल घिमिरे कतै पनि नदेखिनुले दिपक र दीपासँग सम्बन्ध बिग्रिएको वुझ्न गाह्रो पर्दैन । असोज १ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको बिषयवस्तुको बारेमा अझै खुलाइएको छैन ।