हाँस्य कलाकार जितु नेपालले विदेशमा रहेका नेपालीहरुलाई २ वटा कुरा छाड्नका लागि आग्रह गरेका छन् । ३ महिने कार्यक्रमका लागि अमेरिका उड्नु अघि जितुले विदेशमा रहेका नेपालीलाई पार्टी र जात छाड्न आग्रह गरेका हुन् ।
उनले आफू अमेरिकामा पुगेर स्टेजमा पनि यस्तो अपिल यसपटक गर्ने उनले बताए । जितुले विदेशमा रहेका नेपालीलाई पनि जात र पार्टी राजनीतिले छोएर विगारेको बताए । उनले नेपालबाट परिवार, श्रीमती, छोराछोरी छाडेर जान सक्ने नेपालीले राजनीति र जात छाड्न नसकेको बताए ।
उनले सबैलाई नेपाली मात्र भएर विदेशमा रहन पनि आग्रह गरे । जितुले विदेशमा कलाकार पुग्दा वास्ता नगर्ने र नजिकै पर्न नपरोस् भन्ने प्रवृत्ती पनि बढ्दै गएको बताए । तर, नेता पुग्दा पनि आ आफ्नै दलका कार्यकर्ताले भव्य स्वागत गर्ने गरेको उनको गुनासो छ ।
विदेशमा पुग्ने कलाकारलाई जात र राजनीतिका आधारमा व्यवहार गरिएको तर्फ उनको भनाई लक्षित थियो । जितु नेपाल, लोक गायक बद्री पंगेनी, कलाकार निरु खड्का अमेरिकामा आयोजना हुन लागेको दशै तिहार तीज विशेष सांकृतिक कार्यक्रमका लागि वुधबार अमेरिका उड्दैछन् ।