मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक महिनाका लागि जेल मुक्त संजय

एजेन्सी, मुम्बई, 2015/08/26

बलिउड नायक सन्जय दत्त फेरि एकपटक जेलबाट बाहिर आउने भएका छन् । उनलाई ३० दिनका लागि प्यारोल दिइएको छ । उनले आफ्ना छोरा इकराको स्वास्थ्य खरावीका कारण प्यारोल मागेका थिए । जुनमा उनले मागेको प्यारोलको माग पूरा भएको हो । २ दिन अगाडि पुणेका डिभिजन कमिश्नरले संजयलाई जेलबाट बाहिर निस्कने अनुमति दिएका थिए ।

 

उनी केही दिनमै जेलबाट बाहिर आउनेछन् । ५६ सालका संजयलाई यस अगाडि पनि यसरी प्यारोल दिइएको छ । संजयलाई प्यारोल दिदा विरोध पनि हुदै आएको छ । सन् १९९३ मा भएको सिरियल बम ब्लास्टमा गैरकानुनी रुपमा हतियार राखेको आरोपमा उनलाई ५ बर्षको जेल सजाय सुनाइएको थियो । १८ महिना पहिले नै जेल सजाय भोगेका संजयले ४२ महिना मात्र जेल जिवन बिताउनु पर्ने थियो । उनी यो बर्षको अन्तिम सम्म जेलबाट बाहिर निस्कने अड्कल काटिएको छ ।