
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का र चलचित्र संघका पूर्व महासचिव तथा वितरक प्रदिप उदयले एक अर्कालाई कटाक्ष गर्न छाड्दैनन् । धेरैजसो कार्यक्रममा यी दुईले एक अर्कालाई टार्गेट बनाएको भेटिन्छ ।

सलमान खानले ज्याकलिन फर्नान्डिजलाई ‘किक’को सिक्वेलबाट बाहिर निकालेका छन् । दुबईमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै सलमानले किकको सिक्वेल बन्ने तर त्यसमा ज्याकलिन नरहने जानकारी गराएका हुन् ।

निखिल उप्रेति दर्शकले रुचाएका कलाकार मध्येमा पर्छन् । तर सञ्चितासँग दोस्रो विवाह गरेर मुम्बईमा लामो समय भूमिगत जीवन बिताएका निखिलको भूमिगत जीवन भूकम्पले पनि तोड्न सकेन । उनी पनि भूकम्प पछि जनतालाई परेको पीडामा सरिक हुन कतै देखिएनन् ।

शनिबार भएको नेता र कलाकार विचको मैत्रीपूर्ण खलमा चर्चित अभिनेता राजेश हमाल सहभागी भएनन् । हमाललाई बारम्बार फोन गर्दा पनि उनी सम्पर्कमा आउन नचाहेको श्रोतले बताएको छ । शनिबार भएको खेल सामान्य कारणले खेलिएको थिएन । वैशाख १२ गते गएको भुकम्पका कारण आफन्त गुमाएका र घरबार बिहिन भएकाहरुलाई सहयोग गर्नका लागि खेल भएको थियो ।

नयाँ पत्रिका दैनिकको आयोजनामा आज भएको शिर्ष नेता र चर्चित कलाकारविचको फुटबल खेल रोचक थियो । विशेषगरि प्रधानमन्त्री सुशिल कोइरालाले बारम्बार आग्रह गर्दा पनि मैदान नछाडेको दृश्य सर्वाधिक रोचक देखियो । युवा नेताहरुले प्रधानमन्त्रीलाई अब भयो भन्दा पनि प्रधानमन्त्रीले खेल्छु भन्दै जिद्दी कसे र २५ मिनेट खेले । बिरामी प्रधानमन्त्रीमा देखिएको जोश सबैको लागि रोचक बन्यो ।

शनिबार स्वयम्भुस्थित सशस्त्र प्रहरीको हलचोक मैदानमा भएको मैत्री पूर्ण खेलमा नेपाली कलाकारले नेताको टोलीलाई तीन गोल हानेको छ । भूकम्प पीडितको सहयोगार्थ भएको खेलमा कलाकारका तर्फबाट मनराजा श्रेष्ठ, रोशन श्रेष्ठ र नविन केसीले गोल गरेका थिए । पहिलो हाफको ३७ मिनेटमा मनराज श्रेष्ठले गोल गर्दै कलाकारका तर्फबाट गोलको खाता खोलेका थिए । बाँकी दुई गोल भने दोस्रो हाफको अन्त्यतिर सम्भव भएका थिए ।

