Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बहिनीको फिल्ममा रोमान्स गर्दै सलमान

एजेन्सी, मुम्बई, 2015/08/25

अभिनेता सलमान खान अहिले प्रेम रतन धन पायो नामक फिल्ममा काम गरिरहेका छन् । यो फिल्मको काम सके लगतै सलमान यशराज ब्यानरको फिल्म सुल्तानमा व्यस्त हुनेछन् । सलमान खानको हातमा थुप्रै फिल्म भएपनि उनले समय दिन सकिरहेका छैनन् ।


सलमान अहिले होम प्रोडक्शनकै फिल्ममा बढी ध्यान दिइरहेका छन् । सलमानले आफ्नै निर्माणमा बनाएको फिल्म बजरंगी भाइजानपछि हिरो निर्माण गरेका छन् । सलमान अब आफ्नी बहिनीको फिल्ममा पनि देखिन लागेका छन् ।


सलमानकी बहिनी अलविरा र उनका पतिले निर्माण गर्न लागेको रोमान्टिक फिल्ममा उनी देखिनेछन् । यो फिल्मलाई बडीगार्डको सिक्वेल पनि बताइएको थियो । तर, अहिले आएर यो खबरको खण्डन गरिएको छ ।  सलमानले यो फिल्मको अहिले स्क्रिप्टमा काम भैरहेको बताए । इमोशलन लभ स्टोरीको बिषयमा अहिले नै धेरै कुरा बताउन नमिल्ने सलमानको भनाई छ ।

Most Visited News (monthly)