अभिनेता सलमान खान अहिले प्रेम रतन धन पायो नामक फिल्ममा काम गरिरहेका छन् । यो फिल्मको काम सके लगतै सलमान यशराज ब्यानरको फिल्म सुल्तानमा व्यस्त हुनेछन् । सलमान खानको हातमा थुप्रै फिल्म भएपनि उनले समय दिन सकिरहेका छैनन् ।
सलमान अहिले होम प्रोडक्शनकै फिल्ममा बढी ध्यान दिइरहेका छन् । सलमानले आफ्नै निर्माणमा बनाएको फिल्म बजरंगी भाइजानपछि हिरो निर्माण गरेका छन् । सलमान अब आफ्नी बहिनीको फिल्ममा पनि देखिन लागेका छन् ।
सलमानकी बहिनी अलविरा र उनका पतिले निर्माण गर्न लागेको रोमान्टिक फिल्ममा उनी देखिनेछन् । यो फिल्मलाई बडीगार्डको सिक्वेल पनि बताइएको थियो । तर, अहिले आएर यो खबरको खण्डन गरिएको छ । सलमानले यो फिल्मको अहिले स्क्रिप्टमा काम भैरहेको बताए । इमोशलन लभ स्टोरीको बिषयमा अहिले नै धेरै कुरा बताउन नमिल्ने सलमानको भनाई छ ।