मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तराईमा नचलाउने गरि ‘भैरव’लाई रिलिज अनुमति

फिल्मीखबर, काठमाडौं, 2015/08/26

निखिल उप्रेतीको निर्देशन र अभिनयमा तयार भएको फिल्म ‘भैरव’ले केही समयको तनावछि पीजी सर्टिफिकेट पाएको छ । चलचित्र सेन्सर बोर्डले पास गर्न नसकेपछि गृहका पदाधिकारीले मंगलबार फिल्म हेरेका थिए । गृह पदाधिकारीसँगै प्रहरी प्रशासनले पनि फिल्म हेरेको थियो ।


फिल्म हेर्दा गृहका पदाधिकारीले प्रदर्शन मिति केही समय पछाडि सार्न आग्रह गरेका थिए । तर, अभिनेता निखिल उप्रेतीले पछाडि सार्दा आफ्नो लाखौको प्रचार खर्च दोहोरिने बताएका थिए । गृहका कर्मचारीले पनि फिल्मले राष्ट्रियता बोकेको र अहिलेको आवश्यकता भएको भन्दै प्रशंसा गरेको अभिनेता निखिल उप्रेतीले बताए । तराईको कथालाई नजिकबाट उठाएका कारण पनि अहिले फिल्म चलाउन केही गाह्रो हुने ठहर सेन्सर र गृहका पदाधिकारी थियो ।

 


‘फिल्मको बिषयवस्तु देखेर गृहका पदाधिकारी पनि छक्क पर्नुभयो, उहाँहरुले यस्तो फिल्म बनेको खण्डमा नेपालबाट विदेशी फिल्म आफै विस्थापित हुने बताउनुभयो’ निखिलले भने । तराइको आन्दोलनका कारण सो स्थानमा फिल्म नचालउने गरि पीजी सर्टिफिकेट दिइएको छ ।

 

अब, यो फिल्म देशभर एकसाथ प्रदर्शनमा हुने छैन ।  निखिलले फिल्म काठमाडौं, पोखरा, नारायणघाट र हैटौंडामा मात्र प्रदर्शन हुने जानकारी गराए । अनु शाह, मुरलिधर लगायतका कलाकारको पनि अभिनय रहेको यो फिल्म भदौ ११ गतेबाट चल्दैछ । निखिलले आफूले नेपाली फिल्मलाई नेपाली परिवशमै उत्कृष्ट बनाएको दाबी गरेका छन् ।