मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऐश्वर्यालाई आरामदायी बनाए इरफानले

फिल्मीखबर, काठमाडौं, 2015/08/27

५ बर्षपछि बलिउडमा फर्कन लागेकी अभिनेत्री ऐश्वर्या राय बच्चनले आफूलाई फिल्म ‘जज्बा’मा काम गर्दा सहज भएको बताइन् । उनले यसरी काम गर्न सहज हुनुको पछाडि अभिनेता सहकर्मी इरफान खानको मुख्य हात रहेको खुलाएकी छिन् ।


सहकर्मी कलाकारले काम गर्दाको समय सहज बनाएकाले नै फिल्म सफल तरिकाले दर्शकमाझ आउन लागेको उनको भनाई छ । ऐश्वर्याले भनिन्, ‘जब म महुशश गर्थे कि म कामको दिनमा छु, त्यतिबेला इरफानले मेरो कामलाई सहज बनाउँथे ।’


उनले इरफानको तारिफ गर्दै कामलाई आरामदायी बनाइदिएकोमा धन्यवाद दिइन् । उनले निर्देशक संजय गुप्ताको पनि प्रशंसा गरिन् । ‘जज्वा’मा काम गरेका कलाकार आफ्ना लागि ड्रिम कास्ट भएको ऐश्वर्याको भनाई छ ।फिल्ममा ऐश्वर्या अनुराधा बर्मा नाम गरेकी वकिलको भूमिकामा छिन् । फिल्म अक्टोबर ९ तारिखबाट प्रदर्शनमा आउँदैछ । फिल्मलाई कोरियन फिल्म ‘सेभेन डेज’को नक्कल मानिएको छ ।