मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रितीलाई रुवाउने साहरुख, सलमानसँग धेरै डर

एजेन्सी, मुम्बई, 2015/08/26

बलिउड अभिनेत्री प्रिती जिन्टाले आफूलाई साहरुखले धेरै रुवाएको खुलाएकी छिन् । ट्विटरमा फ्यानहरुसँग कुरा गर्दै उनले आफूलाई साहरुखसँग काम गर्दा धेरै रुन आउने बताइन् । इमोशनल दृश्यमा आफू धेरै रोएको भन्दै साहरुखले मात्र आफूलाई रुवाउन सक्ने उनले बताएकी थिइन् ।  


प्रितीले साहरुख खानसँग फिल्ममा अभिनय गर्दा आफूलाई इमोशनल सिनमा रुन आइहाल्ने बताइन् । उनले अर्का अभिनेता सलमान खानसँग भने आफूलाई सुरुमा काम गर्न डर लागेको लेखेकी छिन् । सलमानसँग यस्तो डर किन लाग्यो भनेर आफूलाई पनि  थाहा नभएको प्रितीको भनाई छ ।

 

प्रितीको अनुसार उनलाई सुरुवातमा सलमानसँग काम गर्दा खुबै डर लाग्थ्यो । तर, अहिले प्रितीको सवैभन्दा मिल्ने साथी नै सलमान बनेका छन् । प्रिती र अभिनेत्री रानी मुखर्जी बलिउडमा नजिक मानिन्छन् । फिल्म चोरी चोरीमा आफूलाई रानीले हानेको थप्पड सधै यादगर रहेको प्रितीले लेखेकी छिन् ।