Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

बाहिरियो `वडा नम्बर ६`को कमेडी ट्रेलर

फिल्मीखबर, काठमाडौं, 2015/08/27

असोज १ गतेबाट चल्ने फिल्म ‘वडा नम्बर ६’ को ट्रेलर सार्वजनिक भएको छ । यसका निर्माता दिपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले फिल्मको टिजर यसअगाडि सार्वजनिक गरेका थिए । तर, पनि फिल्मको भित्री कथा के हो भन्ने खुलेको थिएन ।


सार्वजनिक गरिएको ट्रेलरमा अभिनेत्री प्रियंका कार्कीलाई गाउँले परिवेशमा देखाइएको छ । उनको गहिरो प्रेम अर्का कलाकार दीपकराज गिरीसँग भएको देखाइएको छ । साथमा जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, दयाहाङ राइले दर्शकलाई हसाँउनेछन् ।


उज्ज्वल घिमिरेले निर्देशन गरेको फिल्मलाई धेरैजसो गाउँमा नै खिचिएको छ । जसका कारण पनि यो फिल्मले कस्तो कथा बोकेको छ भन्ने ट्रेलरमा पनि खुलेको छैन । तर, ट्रेलर हेरेपछि दर्शकमा उत्सकुता बढ्ने भने पक्का छ ।

 

हेर्नुस् ट्रेलर

 

Most Visited News (monthly)