असोज १ गतेबाट चल्ने फिल्म ‘वडा नम्बर ६’ को ट्रेलर सार्वजनिक भएको छ । यसका निर्माता दिपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले फिल्मको टिजर यसअगाडि सार्वजनिक गरेका थिए । तर, पनि फिल्मको भित्री कथा के हो भन्ने खुलेको थिएन ।
सार्वजनिक गरिएको ट्रेलरमा अभिनेत्री प्रियंका कार्कीलाई गाउँले परिवेशमा देखाइएको छ । उनको गहिरो प्रेम अर्का कलाकार दीपकराज गिरीसँग भएको देखाइएको छ । साथमा जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, दयाहाङ राइले दर्शकलाई हसाँउनेछन् ।
उज्ज्वल घिमिरेले निर्देशन गरेको फिल्मलाई धेरैजसो गाउँमा नै खिचिएको छ । जसका कारण पनि यो फिल्मले कस्तो कथा बोकेको छ भन्ने ट्रेलरमा पनि खुलेको छैन । तर, ट्रेलर हेरेपछि दर्शकमा उत्सकुता बढ्ने भने पक्का छ ।
हेर्नुस् ट्रेलर