मिति : २०८१ वैशाख ५, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तामझामले सुरु भएको `हाउ फन्नी` कता रोकियो ?

फिल्मीखबर, काठमाडौं, 2015/08/27

काठमाण्डौको र्‍याडिसन होटलमा निकै तामझामका साथ सुरु भएको फिल्म ‘हाउ फन्नी’ अहिले हराएको छ । फिल्म चलाउने भनेर केही मिति तय भएपनि आउन सकेन । नेपालका चर्चित कलाकारलाई राखेर निलु डोल्मा शेर्पाले निर्देशन गरेको फिल्ममा पूर्व मिस नेपाल माल्भिका सुब्बा पनि कार्यकारी निर्माताको रुपमा जोडिएकी छिन् ।

 

तर, अहिले फिल्म पुर्ण रुपमा हराएको छ । सम्पादन टेबलमा पुगेको फिल्म रकम अभावले गर्दा अड्किएको चर्चा पनि सुनिएको छ । तर, निर्देशक डोल्मा भने फिल्मको सबै काम सकिएको र एउटा प्रमोशनल गीत खिच्न बाँकी रहेको बताउँछिन् । उनले फिल्मका मुख्य कलाकार नहुँदा गीत खिच्न नपाएको बताइन् ।

 

निशा अधिकारी, केकी अधिकारी अमेरिकामा रहेकाले पनि गीत खिच्न नपाएको उनले बताइन् । प्रियंका कार्की, दयाहाङ राई, अनुप विक्रम शाही भने नेपालमै छन् । फिल्मको प्रमोशन गीत खिचेर प्रमोशन सुरु गर्ने योजना रहेको उनको भनाई छ । आर्थिक अभावका कारण फिल्म नरोकिएको डोल्माको भनाई छ ।