
आगों छुनु , आइमाई नछुनु, भ्रष्टाचार गरेको भए बरू अदालतबाट प्रमाणित हुनुपर्थ्यो, लामो प्रक्रियापछि मात्र पद जान्थ्यो, महिला छोएको ४८ घन्टामै जागिर चट। कस्तो रहेछ यो? महान आशाराम। क्षणभरमै निराशाराम बन्न पूगे।

पहिलो फिल्म 'हँसिया' प्रदर्शन पश्चात एकाएक सफल र आशालाग्दा निर्देशकका रुपमा नेपाली फिल्म ईण्डष्ट्रीमा चिनिएका मिलन चाम्सको दोस्रो प्रोजेक्टको घोषणा गरिएको छ ।

अभिनेता राजेश हमाल ‘बिल्डिङ ब्याक राइट’ नामक पुनर्निर्माण अभियानका सद्भावना दूत घोषित भएका छन् । बुधबार आयोजित एक कार्यक्रममा हमाललाई उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले प्रमाणपत्र प्रदान गर्दै सद्भावना दूत भएको घोषणा गरेका हुन् । सद्भावना दूत हमालले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण गर्न स्वयंसेवकहरुलाई अभिप्रेरित गर्नेछन् ।

नेपाल सरकारले चलचित्र क्षेत्रका लागि स्थापना गरेको एक मात्र सरकारी निकाय चलचित्र विकास बोर्ड आजबाट १५ बर्षमा प्रवेश गरेको छ । बोर्डले स्थापनाको १५ बर्षको समयमा विभिन्न खालका काम गरेपनि सन्तोषजनक प्रगती भने गर्न सकेको छैन ।

बन्दै कुनै समयको सुपरहिट फिल्म दर्पणछाँयाको सिक्वेल बन्ने भएको छ । निर्देशक तुलसी घिमिरले फिल्म निर्माण हुन लागेको जानकारी दिएका छन् । यो फिल्मको छायांकन वैशाख महिनाबाट नै सुरु गर्ने तयारी गरिएको थियो । तर, भुकम्पका कारण छायांकन स्थगित भएको तुलसी घिमिरेको भनाई छ ।

बलिउड अभिनेता साहरुख खान दिनमा १८ घन्टा काम गर्छन् । उनी दैनिक ४ घन्टा मात्र सुत्ने गर्छन् । यसैले पनि उनको फिल्मी करिअर लोभलाग्दो छ । साहरुखले आफू दबाबमा कहिल्यै नपर्ने बताएका छन् । साहरुखका अनुसार जब जीवनमा कुनै किसिमको दबाब हुँदैन, तब मानिस अल्छी हुन्छ ।

