Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.75/5.00)
Text size:-
+
-

निखिललाई राजेश हमालको साथ

फिल्मीखबर, काठमाडौं, 2015/09/05

राजेश हमाललाई बिरलै अरुको फिल्मको प्रवद्र्धन गर्दै गरेको देख्न सकिन्छ । हमाल आफ्नै फिल्मका कार्यक्रममा पनि हतपत भेटिन्नन् । तर राजेश हमालले निखिल उप्रेतिको पछिल्लो पछिल्लो ‘भैरव’ हेर्न गएर समकक्षीको फिल्मप्रति ऐक्यवद्धता प्रकट गरेका छन् ।

 

हमालले शनिबार निखिल निर्देशित फिल्म ‘भैरव’ हेरेर निखिलप्रतिआफ्यो ऐक्यवद्धता प्रकट गरेका हुन् ।  हमालले बालाजुको अष्टनारायण हलमा गई निखिलसँगै फिल्म हेरेका थिए । निखिलसँगै अन शाह पनि हमालसँगै फिल्म हेर्न उपस्थित थिइन् ।



पछिल्लो समय हमाल फिल्म बिहिन जस्तै छन् । तर सामाजिक काममा सक्रियताका कारण समाचारबाट भने ओझल भईसकेका छैनन् । सिराहामा अछुतको घरमा गएर पानी खाएको समाचारले केही दिन अघि हमाल चर्चाको केन्द्रमा आएका थिए ।

Most Visited News (monthly)