अभिनेत्री कट्रिना कैफ अर्की हट अभिनेत्री सन्नी लियोनीका कारण डराएकी छिन् । सन्नीले फिल्म ‘ए दिल हे मुश्किल’मा कैफका प्रेमी रणवीर कपुरसँग एक हट गीतमा नृत्य गर्नेभएपछि कट्रिनाको सातो गएको हो । यो गीतमा सन्नी र रणवीरका केही उत्तेजक दृश्य पनि खिचिनेछ । करण जौहरले बनाउन लागेको यो फिल्ममा ऐश्वर्या राय र अनुष्का शर्मा मुख्य भूमिकामा छन् ।
सन्नीको केमियो भूमिका भएतापनि रणवीरसँगको केही अन्तरंग दृश्यका कारण कट्रिना अतालिएकी हुन् । यसैले उनी फिल्मको छायांकनको क्रममा रणवीरसँगै बस्ने भएकी छिन् ।
रणवीर र सन्नीको सुटिङका बेला कट्रिनाको फिल्म भित्र कुनै काम छैन । तर, पनि उनी रणवीर र सन्नीको हट दृश्यका कारण प्रेमीसँग छायांकन स्थलमा बस्न लागेकी हुन् ।

