
बिहिबार राती भएको सडक दुर्घटनामा बलिउडकी चर्चित अभिनेत्री हेमा मालिनी गम्भिर घाइते भएकी छिन् । उनको टाउकोमा चोट लागेको छ । हेमा मालिनी चढेको कार अर्को अल्टो कारसँग ठक्कर खाँदा दुर्घटना भएको हो । हेमाको कारले ठक्कर दिदा अल्टो कारमा रहेकी एक बालिकाको निधन भएको छ । प्रत्यक्षदर्शीका अनुसार हेमाको मर्सिडिज कार तेज गतीमा आएर अल्टो कारसँग ठोक्किएको थियो ।

फिल्म विकास बोर्डले असार १ गतेबाट लागू हुने भन्दै फिल्म मापदण्ड जारी गरेपछि अहिले यसले फिल्म क्षेत्रमा चर्को रुप लिने संकेत मिलेको छ । बोर्डले सुटुक्क मापदण्ड लागू गरेपछि अहिले यसको पक्षमा र विपक्षमा फिल्मीकर्मी पनि देखिएका छन् ।

वैशाख ११ पछि नयाँ फिल्म प्रदर्शनमा नआएको समयमा आजबाट कपिल खत्रीको निर्माणमा बनेको फिल्म वान साइड लभ हलमा लागेको छ । निर्माता खत्रीले समय अनुसार फिल्मको ओपनिङ राम्रो भएको बताए ।

बाबुराम ढकालको निर्देशनमा तयार भएको फिल्म तिन घुम्ती बेलायतमा देखाइने भएको छ । बेलायतमा अगष्ट २२ तारिखमा फिल्मको रेड कार्पेट प्रिमियर गरिनेछ । रेड कार्पेट प्रिमियरमा निर्देशक बाबुराम ढकाल सहभागी हुनेछन् ।

अभिनेता निखिल उप्रेती अहिले चर्चामा छन् । उनको निर्देशनमा बनेको फिल्म भैरव भदौ ११ गतेबाट प्रदर्शन हुने भएपछि उनको चर्चा हुनु स्वभाविक नै हो । निखिलले निर्देशन तथा अभिनय गरेको फिल्म भैरव द्धन्द्धात्मक हो भन्ने त यसको ट्रेलर हेरेर पनि थाहा हुन्छ । तर, फिल्ममा अभिनेत्री अनु शाहको पनि मुख्य भूमिका छ ।

अभिनेत्री निशा अधिकारीले आफ्नो मनको चाहना अनुरूप केश मुन्डन गरेकी छिन् । केही दिन अगाडी मात्रै अमेरिका आएकी निशा केश मुण्डन पश्चात बिल्कुलै फरक देखिएकी छिन् ।

