Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकारको डेब्यु वर्ष

फिल्मीखबर, काठमाडौं, 2015/09/07

यस्तो लाग्दै छ, यो बर्ष फिल्म क्षेत्रमा नयाँ अनुहारको बाहुल्यता रहनेछ । यो बर्ष फिल्म लाइनमा थुप्रै नयाँ अनुहारले पाइला राख्ने तयारी गरेका छन् ।आजबाट फिल्म ‘नाई नभन्नु ल ४’ को छायांकन प्रारम्भ भएको छ । यो फिल्मका धेरै अनुहार नयाँ हुन् । फिल्ममा पल शाह, बर्षा राउत र आँचल शर्मा मुख्य भूमिकामा छन् । तीन जना कलाकार नै फिल्म क्षेत्रका लागि नयाँ अनुहार हुन् ।


यो हप्ता नै छायांकनमा जान लागेको फिल्म ‘के म तिम्रो होइन र’ मा मरिष्का पोख्रेल र आर्यन अधिकारीले काम गर्दैछन् । यी दुई कलाकार पनि यो क्षेत्रका लागि नयाँ हुन् ।
अभिनेत्री रेखा थापाले बनाउन लागेको फिल्म ‘रामप्यारी’बाट पनि आभाष अधिकारी डेब्यू गर्दैछन् । उनी पनि फिल्म क्षेत्रका लागि नयाँ अनुहार हुन् । निर्माता छविराज ओझाले फिल्म ‘किस्मत २’ मा  एक नयाँ अभिनेता भित्राउने तयारीमा छन् ।


नयाँ अनुहारको बाहुल्यता फिल्म ‘होस्टेल रिटन्र्स’मा पनि देखियो । सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, नाजिर हुसेन, अभय बराल, सुनिल सिटौला फिल्म क्षेत्रका लागि नयाँ कलाकार थिए ।वर्षको आधा समय मात्र गएकाले उद्योगमा यो पाली थप नयाँ अनुहार भित्रिने सम्भावना छ । दोस्रो पुस्ताका अभिनेता अभिनेत्रीमा भर परिरहेको नेपाली उद्योग बिस्तारै तेस्रो पुस्तामा सर्दैछ ।

Most Visited News (monthly)