Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

भुइँचालोसँगै रोकिएको `दोख`को सुटिङ शुरू गरिने

फिल्मीखबर, काठमाडौं, 2015/09/07
गत बैशाख १२ गते आएको भुइँचालोसँगै रोकिएको नेपाली फिल्म 'दोख'को सुटिङ शुरू गरिने भएको छ । यहि भदौ २६ गतेबाट भोजपुरमा यस फिल्मको सुटिङ गरिने निर्माण युनिटले जानकारी दियो ।
 
२०६० तिर संकटकालको अवस्थामा भोजपुरको गाउँमा फुटबल खेल्नेको सपनालाई द्द्वन्दले पारेको प्रभावलाई समेटिएको यस फिल्मको सम्पूर्ण सुटिङ भोजपुरमा नै गरिने छ । राजन कठेतले लेखेको यस फिल्मलाई अनुप बरालले निर्देशन गर्दैछन् ।    
 
 
शैलेन्द्रध्वज कार्कीको छायाँकन रहेको यस फिल्ममा दिया मास्के, माओत्से गुरुङ, राज थापा, लोकमणि सापकोटा, मनिष निरौला, रोयदिप श्रेष्ठ, कमल देवकोटा, अनोज पाण्डे, केशव राई, देव न्यौपाने, सजन थापा मगर, सम्भव श्रेष्ठ, सुरज मल्ल, किरण चाम्लिङ, दिभज राई, किरण सुनुवार, अविरलप्रताप अधिकारी लगायतले अभिनय गर्दैछन् । 
 
नेपश्य ब्याण्डका अमृत गुरुङले यहि फिल्म मार्फत पहिलो पटक नेपाली फिल्ममा गीत गाउँदै छन् । यस फिल्मलाई एल्प ईन्टरटेन्मेन्टको व्यानरमा मनोज अधिकारी र सविन ज्ञवालीले निर्माण गर्दै छन् ।
 

Most Visited News (monthly)