Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म चल्दा जहिले विपत्ती

फिल्मीखबर, काठमाडौं, 2015/09/07

कमजोर फिल्म बनिरहेका कारण नेपाली फिल्म क्षेत्र माथि उठ्न नसकेको पक्का हो । तर कहिलेकाही बनेका राम्रा फिल्मले पनि प्राकृतिक विपत्ति खप्नु पर्दा निर्माताको गोजी भने रित्तै नै हुने गरेको छ ।


‘रेशम फिलिली’ले राम्रो व्यापार गरिरहेको बेला वैशाख १२ गते भुकम्प गयो । जसका कारण करिब ४ महिना नेपाली फिल्मको अवस्था शुन्य जस्तै भयो । निर्माताका करोडौ रुपैंया डुब्यो । फिल्मको रिलिज डेट नराम्ररी प्रभावित भयो ।  


करिब ४ महिना पछि तङ्ग्रिएको नेपाली फिल्मले फेरि अहिले देशको विषम परिस्थितीको सामना गरिरहेको छ । भदौ महिनामा फिल्मको व्यापार राम्रो छ । तर, देशका विभिन्न स्थानमा भैरहेका बन्द, हड्तालका कारण फिल्म क्षेत्र फेरि गतिलो तबरले उठ्न पाएको छैन ।


निर्माता, तथा एफडी कम्पनीका अध्यक्ष प्रदिप कुमार उदयले पनि एक कार्यक्रममा नेपाली फिल्ममा नराम्रो आखा लागेको प्रसंग उठाएका थिए ।फिल्म क्षेत्र उठ्न खोज्दा देशको परिस्थितीले सधै थिचिरहेको समयमा के अब नेपाली फिल्म क्षेत्रका सबै मानिस एकजुट हुन आवश्यक छैन र ?