Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

कमाईमा कम छैन `रेसम फिलिली`

फिल्मीखबर, काठमाडौं, 2015/09/06

फिल्म ‘रेसम फिलिली’फिल्मको कुल कमार्य सार्वजनिक गरेको छ । निर्माता माधव वाग्ले तथा निय श्रेष्ठले वैशाख ११, १२ र भदौ ११ देखि १७सम्ममा फिल्मले १ करोड ३९ लाख बराबरको कमाई गरेको विवरण सार्वजनिक गरेका हुन् । फिल्मले वैशाखका दुई दिनमा उपत्यका र भित्र गरी करिब ७१ लाख कमाई गरेको निर्माताले सार्वजनिक गरेका हुन् ।

 

लगातारको बन्दले यो पालीको रिलिजमा भने फिल्म उपत्यका भित्र मात्र खुम्चिएको छ । त्यही पनि फिल्मले एक हप्तामा ९० लाख बराबरको कमाई गरेको छ । सिंगल थिएटर तथा गुण, गोपी, गंगा र अष्टनारायणमा ‘भैरव’को प्रकोप खेपेको फिल्मले मल्टिप्लेक्समा भने आकर्षक व्यापार गरेको थियो । फिल्मले दोस्रो हप्तामा पनि राम्रो व्यापार गरिरहेको छ ।


भि मोसन पिक्चर्स र प्रिन्सेस मुभीको संयुक्त व्यानरमा बनेको फिल्मलाई प्रणव जोशीले निर्देशन गरेका हुन् । ‘जालमा’मा गीत भाइरल भएपछि फिल्मलाई वर्षकै सफल फिल्म बन्ने दाबी गरिएको थियो । तर चलेको दोस्रो दिनमै भूकम्पको मारमा परेपछि फिल्मले दोस्रो प्रदर्शनमा अपेक्षाकृत कम व्यापार गरेको हो । फिल्मा बिनय श्रेष्ठ, मेनुका प्रधान, कामेश्वर चौरसिया, शिशिर वाङदेल आदिको अभिनय रहेको छ ।

Most Visited News (monthly)