Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`चंखे..` टिमले खोजी गर्यो देश बनाउने युवा

फिल्मीखबर, काठमाडौं, 2015/09/06

बिग बजेटको फिल्म ‘चंखे शंखे पंखे’ यूनिटले देश बनाउने युवाको खोजी गर्दै पब्लिक स्पिकर नेपालको अडिसन सुरु गरेको छ । यो टिमले पश्चिमाञ्चलका १४ वटा कलेजबाट सात उत्कृष्ट ७ युवा छनौट गर्दै फाईनलका लागि तयारी सुरु गरेको हो ।


पहिलो अडिसन पोखरा स्थित स्टेपबाई स्टेप कलेजबाट सुरु गरिएको  छ  जहाँ फिल्मका निर्माता सन्तोष सेन, मार्केटिङ कन्सलट्यान्ट सुशिल बुढाथोकी, आयोजक सहकर्मी एक्रिएटिम मिडियाका प्रमुख हरि पोखरेल सहित फिल्मका विशेष सल्लाहकार रेशम जंग शाही र चलचित्र पत्रकार दिनेश सिटौला जुरीका रुपमा थिए ।

 


उनीहरुले १४ वटा कलेजबाट सहभागी हुन आएका  २४ विद्यार्थीहरुको अडिसन लिएर सात उत्कृष्ट युवा छानेका हुन । छानिएका मध्ये पोखराबाट सुर्दशन पौडेल, सन्दिप थापा र अनुपा तिवारी छन्  । यस्तै बुटवलबाट ईला सुवेदी र शुभेच्छा आचार्य छनौट भएका छन् भने  पर्वतबाट अरविन्द राज पौडेल र रेनुका आचार्य छन् ।

 

दिईएको जानकारी अनुसार धरान, चितवन र राजधानीका तीन जिल्लाका विद्यार्थीहरुबीच पनि अडिसन गरी आउँदो असोज २ गते काठमाण्डौमा ३० जना युवाहरुबीच फाईनल प्रतियोगिता हुनेछ र उत्कृष्ट तीन युवालाई ‘चंखे शंखे पंखे’ अवार्ड सहित क्रमश १ लाख , ५० हजार र २५ हजार नगदले पुरस्कृत गरिने छ ।यस्तै उक्त सम्मान र अवार्ड बाहेक विभिन्न प्रतियोगितामा विजेताहरुलाई अवसरका लागि स्थान दिईने आयोजकले जनाएको छ ।


राष्टियताको बिषयमा बनेको फिल्म  ‘चंखे शंखे पंखे’ असोज ८ गते  देखि रिलिज हुँदैछ र सोही  फिल्मको स्टोरी अनुसार तीन युवाको खोजी गर्ने उद्देश्य सहित चंखे यूनिटले पब्लिक स्पिकर नेपाल आयोजना गरी देश बनाउने सक्षम युवाको खोजी गरेको हो ।

Most Visited News (monthly)