
हाँस्य कलाकार दीपाश्री निरौला अब फिल्मको निर्देशक बन्ने पक्का भएको छ । फिल्म छ एकान छ मा सहायक भएर काम गरेकी दीपा अब पूर्ण निर्देशक बन्न लागेकी हुन् । उनले कलाकार दिपकराज गिरीको लगानीमा बन्न लागेको फिल्म छ भने माया छपक्कै लाइदेउ न को निर्देशन गर्न लागेकी हुन् ।

बलिउडका सर्वाधिक चर्चित अभिनेता शाहिद कपुरले दिल्लीकी मिरा राजपुतसँग बिहे गरेका छन् । करिनासँग करिब ४ वर्ष डेट गरेका शाहिदले त्यसपछि विद्या बालन, सोनाक्षी सिन्हासँग पनि डेट गरेको चर्चा थियो तर अन्ततः उनले फिल्म क्षेत्र बाहिरकी यूवती रोजेका हुन् ।

अभिनेत्री गरिमा पन्त झोला फिल्म प्रदर्शनको समयमा जती चर्चामा थिइन्, अहिले त्यती नै सुस्ताएकी छिन् । गरिमा अहिले मिडियामा पनि खासै खुलेको देखिदैन । फेरि, गरिमा भुकम्प आउँदा नदेखिएपछि उनको आलोचना पनि भयो । तर, अभिनेत्री पन्तले भने आफू यूरोपमा रहेकाले नेपालमा काम गरेको जस्तो नदेखिएको बताइन् । अभिनेत्री पन्त अहिले यूरोपका एक यूवकसँग प्रेम सम्बन्धमा छिन्, जसका कारण पनि उनी यूरोपमा रहेको अड्कल काट्न सकिन्छ ।

फिल्म ‘अधकट्टी’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । जेठ ८ गतेबाट पछि सरेको यो फिल्म अब दशैमा हलमा लाग्ने भएको छ । निर्माता प्रदिप कुमार उदयका अनुसार कात्तिक ३ गते काठमाण्डौ बाहिरबाट र कात्तिक ६ गतेबाट काठमाण्डौमा यो फिल्म लाग्नेछ । उनले दशैमा दर्शक फिल्म हेर्ने मुडमा भएकाले पनि प्रदर्शन मिति तोकेको बताए । एउटा राम्रो कमेडी फिल्म दर्शकले दशैमा हेर्न पाउने उनको भनाई छ ।

प्रदर्शन भएको १८ औं दिनमा ‘एबीसीडी २’ले सय करोड भारु कमाई गरेको छ । आइतबार २ करोड कमाई गर्दै फिल्मले १ अर्ब १ करोड कमाई गरेको हो । सय करोड कमाई गरेसँगै फिल्म बलिउडमा सय करोड कमाउने ३७ औं फिल्म बनेको छ । यो वर्ष बलिउडमा जम्मा दुई फिल्मले मात्र घरेलु बजारबाट सय करोड कमाउने कीर्तिमान कायम गरेका छन् । यसअघि ‘तनु वेड्स् मनु’ले १ अर्ब ५० करोड कमाई गरे वर्षको सर्वाधिक कमाउने फिल्मको रेकर्ड कायम गरेको छ ।

फिल्म निर्देशक नीर शाहलाई ‘डायमन्ड शमशेर पुरस्कार’ प्रदान गरिने भएको छ । ‘डायमन्ड शमशेर साहित्यिक प्रतिष्ठान’को उनलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
शाहले राणाका कृतिमा फिल्म बनाई उनका कृतिलाई लोकप्रिय बनाउन थप भूमिका खेलेको भन्दै पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

