बलिउड अभिनेता अक्षय कुमारले आज आफ्नो ४८ औं जन्मदिन मनाइरहेका छन् । अक्षयले जन्मदिनको अवसर पारेर आफ्ना फ्यानका लागि खुशीको खबर दिएका छन् । ट्विटरमा उनले आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् ।
अक्षयले आफूले नयाँ फिल्म रुस्तममा काम गर्न लागेको जन्मदिनमा घोषणा गरेका हुन् । यो फिल्मलाई निरज पाण्डेले निर्देशन गर्नेछन् । अक्षयले निरजसँग आफूले थ्रिलर रोमान्टिक फिल्म रुस्तममा काम गर्न लागेको बताउँदै यो फिल्म पनि आफ्ना लागि लक्की हुने विश्वास व्यक्त गरेका छन् ।
'स्पेशल २६',' बेबी' पछि निरज र अक्षयले एकसाथ काम गर्न लागेको यो चौथो पटक हो । जसमा स्पेशल २६ र बेबी हिट भएका थिए ।यो फिल्म सन् २०१६ को अगष्ट १२ मा प्रदर्शनमा आउने घोषणा पनि अक्षयले ट्विटरबाट नै गरिदिएका छन् ।

