Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

रेश मरहठ्ठा `एशिया युथ आइकन अफ दि ईयर`बाट सम्मानित

फिल्मीखबर, काठमाडौं, 2015/09/09
फिल्म निर्माता तथा अभिनेता रेश मरहठ्ठा 'एशिया युथ आइकन अफ दि ईयर'बाट सम्मानित भएका छन् । सोमबार सिंगापुरमा एक समारोहका बिच रेश सम्मानित भएका हुन् ।
 
 
 
युवाहरुलाई प्रोत्साहित गर्ने बिभिन्न कार्यमा लागेको भन्दै इन्डोनेशियाको मेदान राज्यका राजाले रेशलाई सम्मान स्वरूप 'एशिया युथ आइकन अफ दि ईयर' अवार्ड दिए । सिंगापुरको अर्किड कन्ट्री क्लबले आयोजना गरेको उक्त समारोहमा रेश एशियाका नेपाल, भारत, सिंगापुर, थाईल्याण्ड, इन्डोनेशिया, हङकङ, जापान जस्ता देशबाट छानिएका हुन् । 
 
सम्मानित भएपछि रेशले जन्मेको धर्ती नेपाल र कर्मभूमी अमेरिकालाई सम्झेका थिए । इन्डोनेशियाको मेदान राज्यका राजाले आफ्नो देश भ्रमण गर्न बिशेष निम्ता गरेको सम्मानित रेशले बताए ।
 
'चाहन्छु म तिमीलाई' फिल्मबाट अभिनय यात्रा शुरू गरेका रेशले सम्मानित हुनु पूर्व थाईल्यान्डका केहि युनिभर्सिटीमा युवाहरुलाई प्रोत्साहन दिने मन्तव्य व्यक्त गरेका थिए । 
 
अभिनेतासँगै निर्मातासमेत रहेका रेशले अमेरिकाको वेभर स्टेट युनिभर्सिटीबाट ग्राजुएसन गरेका छन् । उनी लामो समय अमेरिका बसेर पुन: फिल्मका काम गर्न नेपाल फर्केका हुन् । हाल उनको महत्वाकांक्षी फिल्म 'च्यालेञ्ज' रिलिजको तयारीमा छ । 
Most Visited News (monthly)