Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16069 - 16074 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-07-06, सोमवार

चलचित्र विकास बोर्ड फिल्म बनाउनका लागि ल्याएको मापदण्डको बिषयमा अहिले विभिन्न खालका बहस भैरहेका छन् । यस्ता खालका बहसले अहिले संचारमाध्यम त तातेका छन् नै । फिल्म क्षेत्रमा यो मापदण्ड लागू भएसँगै २ कित्ता पनि देखिएको छ । लामो समयदेखि फिल्म बनाउँदै आएका निर्माता तथा निर्देशक बोर्डको मापदण्डको पक्षमा देखिएका छन् भने फिल्म क्षेत्रमा नयाँ प्रयोग गर्नुपर्छ भन्नेहरु यसको बिपक्षीमा देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-07-06, सोमवार

अभिनेत्री बर्षा सिवाकोटीले फिल्म पशुपति प्रसादमा काम गर्ने पक्का भएको छ । फिल्मका लागि उनी लिडिङ लेडीको रुपमा पक्का भएकी हुन् । दिपेनद्र के खनालले निर्देशन गर्न लागेको यो फिल्ममा खगेन् लामिछाने मुख्य भूमिकामा छन् । खगेन्द्रकै कथा रहेको फिल्मले पशुपति प्रसाद नाम गरेका एक पात्रको बिषयलाई देखाउन लागेको हो ।

फिल्मीखबर, काठमाडौं, 2015-07-05, आईतवार

बलिउड अभिनेता सलमान खान स्क्यान्डलमा नपरेको त समय नै हुँदैन । कुनै न कुनै कुराले उनी बर्षभरि नै स्क्यान्डलमा पर्ने गरेका छन् । अहिले पनि सलमानको नयाँ फिल्म बजरंगी भाइजान यस्तै एउटा समस्यामा फसिरकेको छ । तर, यसले सलमानलाई कुनै असर परेको छैन ।

फिल्मीखबर,, काठमाडौं, 2015-07-05, आईतवार

केही दिन अगाडि फिल्म निर्माता संघ र चलचित्र संघ विच भएको संझौता तोडियो । चलचित्र संघले निर्मातालाई असार र साउनमा दिने भनेको ६० प्रतिशत शेयर दिन नसक्ने भनेपछि संझौता तोडिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2015-07-05, आईतवार

एक्शन स्टार निखिल उप्रेतीको डेब्यु निर्देशनमा बनेको फिल्म ‘भैरव’ हाल सर्वत्र चर्चित छ । प्रोमो र गीत सार्वजनिक भएसँगै फिल्मलाई धेरैले आशाका नजरले हेरेका छन् । फिल्म भदौ ११ गतेबाट अल नेपाल रिलिज हुदैछ ।

फिल्मीखबर, काठमाडौं, 2015-07-04, शनिवार

दुई वर्षदेखि गायनबाट पर रहेका प्रेम परियार पुनः गायनमा सक्रिए भएका छन् । फिल्म ‘नाई नभन्नु ल२’मा तीन गीत गाएर रातारात चर्चित बनेका प्रेमले ‘नाई नभन्नु ल ४’मा गीत गाउँदै पुनरागमन गरेका हुन् । शनिबार नक्साल स्थित एकोस्टिक स्टुडियोमा उनले बसन्त सापकोटाको संगीतमा ‘कसम हामीले’ र ‘उत्तरमा छन् है बुढाहाङ’ रकेर्ड गरे । दुवै गीतमा बिकास आचार्यका शब्द छन् ।

Results : 16069 - 16074 of 24018