Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकारको ग्रिन कार्ड मोहमा लालबाबुको कटाक्ष, बोलेनन् जीवन

फिल्मीखबर, काठमाडौं, 2015/09/10

अभिनेता जीवन लुइटेल र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित एकै मञ्चमा देखिए । एक एल्बम बिमोचनका क्रममा सँगै देखिएका यी दुई पात्रको अवस्था भने बिल्कुल भिन्न छ ।


मन्त्री पण्डित अहिले सरकारी कर्मचारीले कि तजागिर कि त डीभी र पीआर छाड्नुपर्ने अभियानमा छन् । यता, अभिनेता जीवन लुइटेल भने अमेरिकाको ग्रिनकार्ड एप्लाई गरेर नेपाल फर्किएका हुन् ।


जीवनले आफूले कुनै देशमा भिख नमागेको भन्दै पाएको खण्डमा लिने र नपाएपनि खासै फरक नपर्ने बताउदै आएका छन् । जीवनले आफ्नो परिवार पनि हेर्नका लागि आफूले ग्रिनकार्ड एप्लाई गरेको बताएका थिए ।लालबाबुले कर्मचारीपछि अब सरकारी जागिर खाने कलाकारले पनि डीभी र पीआर छाड्नु पर्ने बताए । उनले देशका गहना भन्ने कलाकारले अमेरिकाको संविधान मान्छु नेपालको मान्दिन भन्ने कुरा आफूलाई चित्त नवुझेको बताए ।


मन्त्री पण्डितका कुरा ग्रिनकार्ड एप्लाई गर्ने जीवनले सुनिरहेका थिए । तर, उनले यस बिषयमा कुनै पनि प्रतिक्रिया दिन मानेनन् । नेपाली कलाकारले अमेरिका पुगेर डीभी र पिआर एप्लाई गरेको कुरा सधै नै चर्चामा रहन्छ । मन्त्री पण्डितले यो कुरा उठाएपछि अहिले फेरि कलाकारको डीभी र पीआर मोह चर्चामा छ ।

Most Visited News (monthly)