Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

फिल्म चलेपछि बढ्यो अनुको फूर्ति

फिल्मीखबर, काठमाडौं, 2015/09/09

फिल्म चल्नुअघि प्रचारप्रसारमा खासै नहिड्ने कलाकार चलेपछि भने आफ्नो हिट फिल्म भन्दै  हिड्छन् । फिल्म हेर्न हलसम्म दर्शक आएपछि योगदान केही नगरेपनि कलाकार त्यसको भाग लिन खोज्छन् ।अभिनेत्री अनु शाह अहिले यही सूचीमा छिन् । फिल्म ‘भैरव’ चल्नुअघि अनुले यसका अभिनेता तथा निर्देशक निखिल उप्रेतीको कटाक्ष गरिन् । अनुले आफूलाई फिल्मको प्रमोशनमा सहभागी नगराइएको भन्दै निखिल जस्तो मान्छेले वुझ्नु पर्ने पनि भनिन् ।


तर, अहिले उनै अनुको दैनिकी फेरिएको छ । निखिलसँगै उनी हलमा प्रचारका लागि पुगेकी छिन् । अनुले फिल्म हिट भएकाले आफू पनि हिट भएको दाबी गरेकी छिन् । अनुका लागि भैरव पहिलो हिट फिल्म हो । यसैले पनि उनका लागि यो फिल्मको व्यापार महत्वपूर्ण छ ।

 

तर, फिल्मको प्रचारको समयमा अन्य फिल्मको छायांकनमा व्यस्त छु भन्दै हराएकी अनु अहिले भने ‘भैरव’ हिट भएको भन्दै पारिश्रमिक बढाउँछु भन्दै मिडियामा पनि अन्तर्वाता दिन थालेकी छिन् । अभिनेत्री शाहले फिल्म हिट हुनुमा आफ्नो पनि भूमिका रहेको दाबी पनि गरेकी छिन् । तर, फिल्म भैरव हिट हुनुको पछाडि अनुको नाम कसैले लिएको पाइदैन । अभिनेता उप्रेतीको स्टारडमले नै भैरव हिट भएको विश्लेषण बजारमा छ ।

Most Visited News (monthly)