फिल्म ‘वडा नम्बर ६’ का निर्देशक उज्ज्वल घिमिरे यसको प्रचारमा देखिएका थिएनन् । अरु त अरु औपचारिक कार्यक्रमका बेला पनि उनको अनुपस्थितिले निर्माता र निर्देशक बीच खटपट भएको आशंका जन्माएको थियो ।
तर घिमिरे फिल्म सेन्सर गर्दा भने देखिए । सेन्सर गर्दा निर्माता दिपकराज गिरी र दीपाश्री निरौलासँगै उनले पनि फिल्म हेरे । फिल्मलाई सेन्सर बोर्डले पीजी सर्टिफिके दिएको छ ।
अर्को शुक्रबार अर्थात असोज १ गतेबाट चल्ने फिल्ममा केही द्धन्द्धका दृश्य पनि भएकाले यसलाई पीजी दिइएको हो । अब यो फिल्म हेर्नका लागि १६ बर्ष भन्दा मुनिका बालबालिकाले बाबु आमाको साथ जानुपर्छ ।
कमेडी जनराको यो फिल्म राम्रो बनेको प्रतिक्रिया सेन्सर बोर्डका सदस्यले दिएको निर्माताको भनाई छ । फिल्ममा प्रियंका कार्की, दिपकराज गिरी, जितु नेपाल, सिताराम कट्टेल, दयाहाङ राई, केदार घिमिरे लगायतका कलाकारले अभिनय गरेको छ ।

