Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१०४ डिग्रि ज्वरोमा सुटिङ

फिल्मीखबर, काठमाडौं, 2015/09/11

फिल्म 'प्रेमगीत'को छायांकन अहिले जोमसोममा भैरहेको छ । सुदर्शन थापाले निर्देशन गरिरहेको यो फिल्ममा पुजा शर्मा र प्रदिप खड्काले मुख्य भूमिका निर्वाहा गरेका छन् । फिल्मको जोमसोममा छायांकनका क्रममा निर्देशक थापालाई १०४ डिग्रि ज्वरोले सताएको थियो ।

 

तर, निर्देशकले त्यहाँबाट फर्किएर छायांकन रोक्ने सोच राखेनन् । अहिले जोमसोममा फिल्मको गीतको छायांकन भैरहेको छ । तर, सुदर्शन भने फिल्म 'चंखे शंखे पंखे'को प्रचारका लागि काठमाण्डौ फर्किएका छन् । ज्वरोले सताउँदा आफू कुर्सीमा सुत्ने गरेको र सेटमा सबै रेडी भएपछि उठेर एक्सन भन्ने गरेको सुदर्शनको भनाई छ ।

 

उनले करिब ८ दिन आफू यसरी नै काम गरेको बताए । सन्तोष सेनले निर्माण गरिरहेको फिल्मको २ गीतको छायांकन भने केही पछि खिचिनेछ । फिल्मलाई भ्यालेन्टाइन डेका दिनमा प्रदर्शनमा ल्याउने घोषणा गरिसकिएको छ ।

Most Visited News (monthly)