Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सलमान र सोनम एउटै ओछ्यानमा !

एजेन्सी, मुम्बई, 2015/09/10

सलमान खान र सोनम कपुर एउटै ओछ्यानमा भेटिएका छन् । सोनम स्वयंले फोटो सार्वजनिक गर्दै सलमान र आफूसँगै सुतेको बताएकी हुन् । गलत अर्थ नलगाउनु होला उनीहरु एउटै ओछ्यानमा भेटिएका त हुन् तर तपाईंहरुले कल्पना गरेजस्तो अवस्थामा होइन । फिल्म सुटिङका लागि दुवैलाई एउटै ओछ्यानमा भेटिएको हो ।

 

 

सलमान र सोनम हाल ‘प्रेमरतन धन पायो’को सुटिङ गरिरहेका छन् र सोनमले पनि सोही फिल्मको सुटिङको तस्विर इन्ट्राग्राममा सेयर गरेकी हुन् । तस्विरमा सोनमलाई सिरानी च्यापेर हाइगरिरहेको देखिन्छ भने छेऊमा सलमान छन् ।

 

तिहारका रिलिज हुने फिल्मको हाल अन्तिम सेड्युलको सुटिङ चलिरहेको छ । फिल्मलाई सुरज बडजात्याले निर्देशन गरिरहेका छन् जसले सात वर्ष अघि ‘विवाह’ निर्देशन गरेका थिए । ‘हम साथ साथ है’ पछि सुरज र सलमान खानले यही फिल्ममा काम गरिरहेका छन् । फिल्मभित्र सलमान युवराजको भूमिकामा रहेको जनाईएको छ ।

Most Visited News (monthly)