Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एनीका भए विनय

फिल्मीखबर, काठमाडौं, 2015/09/10

अभिनेता विनय श्रेष्ठले इंगेजमेन्ट गरेका छन् । उनले काठमाडौं निवासी एनी थापासँग बुधबार टीकाटालो गरेका छन् । पारिवारिक माहोलका बीच बुधबार राती भएको कार्यक्रममा विनय र एनीले औंठी साटासाट गरेका थिए । टीकाटालो कार्यक्रम विनयकै स्कुल त्रिपुरा बोर्डिङ स्कुलमा सम्पन्न भएको स्रोतले बतायो ।

 

टीकाटालोमा विनय निकट एक दर्जन कलाकर्मीको मात्र सहभागिता रहेको थियो । विनय र एनीले करिब दुई वर्षदेखिको चिनजानलाई सम्बन्धमा रुपान्तरण गरेको पनि स्रोतले बतायो ।
एनीसँग सम्बन्धमा रहनु अघि विनय अभिनेत्री ऋचा शर्मासँग अफेयरमा थिए । दुवैले मिलेर ‘भिजागर्ल’ नामको फिल्म पनि बनाएका थिए । तर फिल्मसँगै उनीहरुको सम्बन्ध पनि फ्ल्प भएको थियो, अर्थात् दुवैको ब्रेक अप भएको थियो ।


विनयले त्यसपछि निर्माण गरेको फिल्म ‘रेशम फिलिली’ हाल हलमा चलिरहेको छ ।एनीले बेलायतमा अध्ययन गरिरहेको बुझिएको छ । गतसाता मात्र उनीहरुको टीकाटालो हुन लागेको खबर बाहिरिएको थियो ।मोडल हुँदै अभिनयमा छिरेका विनयले ‘सानो संसार’, ‘मेरो लभ स्टोरी’ र ‘भिजा गर्ल’मा काम गरेका छन् ।

Most Visited News (monthly)