
फिल्म कामचोरले आफ्नो प्रदर्शन मिति फेरि तोकेको छ । जेठ १ गते प्रदर्शन हुने भनिएपनि भूकम्पका कारण यो फिल्मको प्रदर्शन मिति अनिश्चितकालका लागि सरेको थियो । ग्रिनहित भीएफएक्स मिडियाको प्रस्तुतीमा बनेको यो फिल्मलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्म असोज ८ गतेबाट हलमा लाग्ने निर्देशक श्रेष्ठले जानकारी दिएका छन् ।

अभिनेता तथा निर्देशक नीर शाहलाई नेपाल टेलिभिजन कलाकर्मी मन्चले लाइफटाइम अचिभमेन्ट प्रदान गरेको छ । शाहलाई सन्चारमन्त्री मिनेन्द्र रिजालले नगद एक लाख ११ हजार एक १ सय ११ रुपैँयाद्धारा सम्मान गरे । शाह नेपाल टेलिभिजनको संस्थापक अध्यक्ष हुन् ।

फिल्म फन्कोले आफ्नो प्रदर्शन मिति तय गरेको छ । सुवर्ण थापाले निर्देशन गरेको यो फिल्म माघ १ गतेबाट प्रदर्शनमा आउने वितरक एफडी कम्पनीका प्रमुख प्रदिप उदयले बताए ।
फिल्म फन्कोलाई नरेन्द्र महर्जनले निर्माण गरेका हुन् ।

बलिउडका ३ खानसँग फिल्म जुधाउने हिम्मत जो कोहीले गर्दैनन् । फिल्म जुिधहाले पनि त्यसको असर निर्माता र कलाकारलाई परेको देखिन्छ । सायद, यही कारणले गर्दा होला साहरुखका कारण बलिउडका उदियमान कलाकार टाइगर श्राफलाई ठूलै धक्का लागेको छ ।

अभिनेता निखिल उप्रेती ५ बर्षपछि फिल्मको पर्दामा फेरि फर्किए । आफै निर्देशक, निर्माता र कलाकार बनेर उनी नेपाली फिल्ममा फर्किए । नेपाल फर्किएसँगै उनको चर्चा अहिले खुबै चलेको पाइन्छ ।

अभिनेता राजेश हमालले स्वस्थ्य रहन हाइकिङ जानु राम्रो रहेको बताएका छन् । राजधानीमा शनिबार ‘हाइक फर नेपाल’ शीर्षकको क्याम्पेनको उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन् । उनले शनिबार बिहान नागार्जुन हिल गेटमा भएको क्याम्पेनमा ‘हाइक फर नेपाल’ लेखिएको टिसर्ट साइन गर्दै क्याम्पेनको उद्घाटन गरेका थिए । उनले हाइकका लागि आएका १५० भन्दा बढी सहभागिलाई सम्बोधन गर्दे हाइकिङमा युवाको सहभागिता सह्रानिय रहेको बताए ।

