Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`वडा नम्बर ६'`ले गौशालामा मनायो तीज

फिल्मीखबर, काठमाडौं, 2015/09/17

चलचित्र 'वडा नम्बर ६' युनिटले हरितालका 'तीज'को अवसरमा बुधबार गौशाला स्थित पाशुपत क्षेत्रमा रमाईलो हाँस्यव्यंग्यात्मक सांगितिक कार्यक्रम गर्यो । कार्यक्रममा हजारौ दर्शकको सहभागीता रहेको थियो ।

 

हाँस्यकलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, सिताराम कट्टेल 'धुर्मुस', केदार घिमिरे 'माग्ने बुढा', निर्मल शर्मा 'गैडा', आर. पी. भट्टराई, कविता शर्मा, दिनेश काफ्ले, संगीतकारहरु टंक बुढाथोकी, राजनराज शिवाकोटी, गायकहरु तारा लक्सम, उदेश श्रेष्ठ, गायिका आगन्तुक खरेलले प्रस्तुती दिए ।

 

कार्यक्रममा चलचित्रका कलाकारहरुले दर्शकहरुसँगै नाचे गाए, रमाए अनि सुर्के थैली र जुस पनि बाडे । भोलीदेखि उपत्यकाका सिनेमा हलहरुबाट सार्वजनिक प्रर्दशनमा आउने यस चलचित्र राजधानी बाहिर भने भोली रिलिज हुनेछैन् । चलचित्रलाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् ।

Most Visited News (monthly)