Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आज भूवन केसीको जन्मदिन, जानौं उनका केही स्क्यान्डल

फिल्मीखबर, काठमाडौं, 2015/09/17

अभिनेता भूवन केसी आज आफ्नो जन्मदिन मनाउँदैछन् । भूवन नेपाली फिल्मका लागि सदाबाहर अभिनेता हुन् । उनले निर्माण तथा अभिनय गरेका फिल्मले ५१ र १ सय दिन मनाएका छन् । उनै भूवन केसी अहिले फिल्म ‘ड्रिम्स’ बनाएर निर्देशकको रुपमा समेत धाक जमाउने सुरमा छन् । फिल्म भित्र सफल भएपनि फिल्म बाहिरको उनको जीवन भने सदा विवादास्पद रहँदै आएको छ ।  

 

खासगरि युवतीसँगको सम्बन्धका कारण चर्चा रहने भुवनले दुई विवाह गरेका थिए जुन असफल भए । भुवन हाल एक्लो जीवन बताईरहेका छन् । जन्मदिनको अवसरमा हामीले उनको जीवनका महत्वपूर्ण क्षणहरु सम्झाउने प्रयास गरेका छौं ।

 

१. अभिनेत्री तथा श्रीमती सुस्मिता सेनसँगको वैवाहिक जीवनका क्रममा भूवन सधै चर्चामा रहे । भूवन र सुस्मिताको सम्बन्ध विच्छेद नभएसम्म उनीहरुको घर झगडा सधै नै मिडियामा बाहिर आयो ।


 २. सुस्मितासँग अलग भएपछि भूवनको नाम थुप्रै यूवतीसँग जोडियो । विशेषगरि, एक विवाहित महिलासँग नजिक भएका भूवनलाई ती महिलाका श्रीमान्ले कोटेश्वर चोकमा हेलमेटले हिर्काएको घटना सर्वाधिक चर्चित बन्यो । भूवनले यो कुराको खण्डन गरेपनि उनी ती महिलासँग थुप्रै ठाउँमा देखिएका भने थिए ।

 

३. भूवन केसीको राजनीतिक करिअर पनि सधै चर्चामा रह्यो । दोश्रो संविधान सभाको चुनावका क्रममा नेकपा एमाले  पार्टीले उनलाई १ दिनका लागि टिकट दियो । तर, उनको टिकट भोलिपल्ट नै खोसियो । भूवनको राजनीतिक करिअर सधै चर्चामा देखियो ।


 ४. अभिनेत्री जिया केसीसँग नजिक भएपछि भूवन चर्चामा छन् । भूवन र जिया लिभिङ टूगेदरमा बस्दै आएको घटना सार्वजनिक भयो । भूवन र जिया अहिले पनि एकसाथ बस्दे आएका छन् ।


 ५.फिल्म ‘ड्रिम्स’को छायांकनका क्रममा पोखराको एक होटलमा बिल नतिरेपछि भूवनको चर्को आलोचना भयो । करोड बजेटको फिल्म भन्ने गरेका भूवनले होटलको बिल तिर्न नसकेर उनको गाडी र छायांकनका क्रममा प्रयोग भएका उपकरण जफत भएको घटना बाहिर आयो ।

Most Visited News (monthly)