अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको एक बर्ष पुग्दै गर्दा उनकी आमाको पनि निधन भएको छ । श्रीकी ८८ वर्षिय आमा जगत कुमारी श्रेष्ठको बुधवार निधन भएको हो ।

छोराको निधनपछि अत्यन्तै चिन्तित अवस्थामा रहेकी जगत कुमारीलाई नियमित उपचारका लागि मंगलबार चावहिलको ओम अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको अस्पतामा निधन भएको बताईएको छ ।
यति बेला उनको पार्थिव शरिरलाई अन्तिम दाह संस्कारको लागि पशुपति आर्यघाट पुर्याइएको छ । अहिले आर्यघाटमा श्रीकृष्ण श्रेष्ठकी धर्मपत्नी तथा अभिनेत्री स्वेता खड्कासँगै जगत कुमारीका छोराहरू तथा आफन्तहरू र केहि फिल्मकर्मी मलामीको रूपमा उपस्थिती छन् ।
श्रीमान बितेको एक बर्ष पश्चात सासु आमाको निधनले श्वेतालाई पुन: अर्को चोट पुगेको छ ।

