Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सुश्री`को `टेम्प्रोरी माया`

फिल्मीखबर, काठमाडौं, 2015/09/18
कार्तिक ३ गतेलाई रिलिज मिती तय गरिएको फिल्म ‘सुश्री’ को 'टेम्प्रोरी माया...' गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बसन्त सापकोटा र एन्जिला रेग्मिको स्वर रहेको छ । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको उक्त गीतलाई शंकर बिसीले कोरियोग्राफी गरेका हुन्  । 
 
स्क्रिप्ट राइटर शिबम् अधिकारीको पहिलो निर्देशकिय फिल्म 'सुश्री'मा आर्यन सिग्देल र आशिका तमाङको मुख्य भूमिका छ । निर्माता समेत रहेकी आशिकाको यो डेब्यू फिल्म हो ।
 
आत्मराम थापाको लगानीमा निर्मित यस फिल्ममा सुरबिना कार्की, राजाराम पौडेल, बिकास चापागाईं र मिश्री थापाको पनि अभिनय छ । फिल्मलाई रामेश्वर कार्कीले खिचेका हुन् ।आशिका फिल्म्स ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई रोहित-रत्नले वितरण गर्ने जिम्मा लिएका छन् ।
 

 

Most Visited News (monthly)